शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

३६ जनाको ‘सेटिङ’मा गरिबी निवारण कोषमा ३ वर्षमा साढे ४ करोड भ्रष्टचार !

आइतबार, ०५ वैशाख २०७३, २० : ०३
आइतबार, ०५ वैशाख २०७३

काठमाडौं – गरिबी निवारण कोष काठमाडौंमा ३ आर्थिक वर्षमा झण्डै साढे चार करोड भ्रष्टाचार गरेको आरोपमा ३६ जनाबिरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकोमा गरिवी निवारण कोष ताहाचल काठमाण्डौका कार्य प्रवन्धकहरु, लेखा अधिकृतहरु, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख एवं कार्यकारी निर्देशक समेत रहेका छन् । उनीहरुले एक आपसमा सरसल्लाह र मिलेमतो गरी आफुलाई गैह्र कानूनी लाभ पुर्याउने र गरिवी निवारण कोषलाई गैह्र कानूनी हानी नोक्सानी पुर्याउने काम गरेको अख्तियारले बताएको छ । ३६ जनाले आ.व. ०६६/०६७ मा रु ९६,२५,४३०, आ.व. ०६७/०६८ मा रु १,८४,४२,९६९ र आ.व. ०६८/०६९ मा रु १,५४,१९,५१६.५० समेत गरी ३ आर्थिक वर्षको अवधिमाजम्मा रु ४,३४,८७,९१६.२५ भ्रष्टाचार गरेको पाइएको छ । उनीहरुले विभिन्न कार्यक्रम र त्यस बापतको भ्रमणकानाममा खर्च भएको भनि झुठा विल भरपाई वनाई पेश गरी पेश्की फछर्यौट गर्ने गराउने कार्य गरी हिनामिना गरेको अख्तियारले बताएको छ । ३६ जनाले भ्रष्टाचार गरेको पुष्टि भएकोले उक्त कार्यमा संलग्न देहाय वमोजिमका ३६ जना व्यक्तिहरुलाइ कसुर अनुसार बिगो तथा सजायको मागदावी लिई आज विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप