दुई छोराको शव नजिकै बाबु झुन्डिएको फेला
कावासोती - नवलपरासीको दुम्कीबास गाविस वडा नं ५ स्थित दाउन्ने बौद्धगुम्बा नजिकै आज तीनवटा शव फेला परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक पर्शुराम तिवारीका अनुसार भुइँमा दुई वटा बच्चाको शव र नजिकै माथि बाबुको झुन्डिएको अवस्थामा शव भेटिएको हो । नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीका अन्दाजी ३० वर्षीय प्रताप कुमाल झुन्डिएको अवस्था र उनका दुई वटा छोरा नौ वर्षीय प्रदीप र सात वर्षीय एञ्जलको शव एकै ठाउँमा भेटिएको छ, प्रहरी नायव उपरीक्षक तिवारीले भन्नुभयो– “प्रहरीबाट घटनाबारे अनुसन्धान भइरहेको छ ।” घटनास्थल प्रतापको घरदेखि करिब ५० किमीको दूरीमा रहेको छ । घटनाबारे कुमालका परिवार र आफन्तलाई जानकारी गराइएको र उनीहरुसँग थप सोधपुछ भइरहेको प्रहरी उपरीक्षक तिवारीले बताए। तीनै जनाको शव परीक्षणका लागि दुम्कौली स्वास्थ्य केन्द्र केउरेनीमा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण