शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नारायणहिटी पुगे प्रम ओली

आइतबार, ०५ वैशाख २०७३, २० : १९
आइतबार, ०५ वैशाख २०७३
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी दरबार सङ्ग्रहालयको अवलोकन गरेका छन् । आज अपराह्न ३ बजे नारायणहिटी सङ्ग्रहालय अवलोकनमा जानुभएका प्रधानमन्त्री ओलीले सङ्ग्रहालयभित्र भएका वस्तु ऐतिहासिक सम्पत्ति भएको र त्यसको संरक्षण गर्नुपर्ने बताए । उनले सङ्ग्रहालयभित्र रहेका श्रीपेच, विभिन्न जिल्लाका नामाकरण गरेका बैठक कक्ष, तत्कालीन राजाका आसन तथा बैठक कक्षको अवलोकन गरेका थिए। अवलोकनका क्रममा प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र सोही मन्त्रालयका सचिव प्रेमकुमार राईलगायत थिए। प्रधानमन्त्री ओलीसहितको टोलीलाई सङ्ग्रहालयका उपसचिव रोहित ढुङ्गानाले दरबारका विभिन्न स्थान, राजपरिवारका सदस्यको हत्या भएको स्थान तथा त्यहाँ निर्माण गर्नुपर्ने कुराका बारेमा जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप