शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बराबरीमा रोकियो लेस्टरको उपाधि यात्रा, लिभरपुल विजयी

आइतबार, ०५ वैशाख २०७३, २० : ३०
आइतबार, ०५ वैशाख २०७३

लण्डन – प्रिमियर लिग जित्ने होडमा रहेको लेस्टर सिटी वेस्ट ह्यामसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा सिमित बनेको लेस्टर हारको नजिक पुगे पनि अतिरिक्त समयमा लियोनार्डो उलोआले पेनाल्टीमार्फत गोल गर्दै लेस्टरलाई महत्वपूर्ण एक अंक दिलाए । खेलको पहिलो हाफमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए पनि उनी दोस्रो हाफमा डाइभ गरेबापत दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि खेलको अन्तयतिर एन्डी क्यारोल र एरोन क्रेस्वेलले गोल गर्दै वेस्टह्याम जित नजिक पुगे पनि उलोआले लेस्टरलाई बराबरीमा फर्काए । उता, लिभरपुलले भने बोर्नेमाउथलाई पराजित गर्दै लिगमा लागतार तेस्रो जित हासिल गरेको छ । रोबर्टो फर्मिन्हो र ड्यानिअल स्टरिजले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाए । बर्नेमाउथले खेलको अन्त्यमा जोसुवाको मद्दतले गोल फर्काए पनि उक्त गोल सान्तवना मात्र बन्यो । जीतसँगै लिभरपुल लिगको सातौं स्थानमा उक्लेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप