शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तटबन्धनलाई क्षति पुराएको भन्दै क्रसर हटाउन प्रजिअलाई मन्त्रीको निर्देशन

आइतबार, ०५ वैशाख २०७३, २० : ३७
आइतबार, ०५ वैशाख २०७३

महोत्तरी - महोत्तरीको बर्दिवासस्थित रातुखोलामा सञ्चालित क्रसर उद्योग तत्काल हटाउन सिँचाइ मन्त्री उमेश यादवले प्रमुख जिल्ला अधिकारीसहित मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आज बिहान महोत्तरीको रातुनदीमा निर्माण भइरहेको जनताको तटबन्धको अनुगमन गर्नेक्रममा सिँचाइ मन्त्री यादवले प्रजिअ वीरेन्द्रकुमार यादवलाई टेलिफोनमार्फत अवैधरुपमा नदीका छेउमा सञ्चालनमा रहेका त्यस्ता क्रसर उद्योग तत्कालै हटाउन निर्देशन दिएका हुन् ।

नदीको छेउमा रहेका यस्ता क्रसर उद्योगले रातुनदीमा निर्माण हुँदै गरेको तटबन्धनलाई प्रत्यक्ष असर पार्ने भन्दै पुल आसपास र खोला क्षेत्रमा सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन मन्त्री यादवले निर्देशन दिए ।

जवाफमा प्रजिअ यादवले आफूले यसभन्दा अगाडि नै सो स्थानबाट हटाउनका लागि कारबाही प्रक्रिया अगाडि बढाएको समयमा घरेलु तथा साना उद्योग सञ्चालन गर्न पाउने भनी पत्र पठाएकाकारण सो कारबाही प्रक्रिया अगाडि बढ्न नसकेको जवाफ दिएका थिए ।

उनले यस सम्बन्धमा बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा जानकारीसहितको पत्र पठाएको पनि मन्त्री यादवलाई जानकारी गराएको मन्त्रीका प्रेस सल्लाहकार सुरेशकुमार यादवले जानकारी दिए ।

अब छिट्टै रातुनदी वरपर र तटबन्ध आसपासमा सञ्चालित क्रसर उद्योग हटाउनका लागि कारबाही प्रक्रिया अगाडि बढाइने प्रजिअ यादवले सिँचाइमन्त्रीसमक्ष फोनमार्फत जानकारी गराए ।

महोत्तरीको राजमार्ग छेउमा रहेका त्यस्ता क्रसर उद्योगका कारण रातुनदीमा रहेको पुल जीर्ण बन्दै गएको छ भने पुल भासिँदै गएको छ । क्रसरले पुल आसपासबाट अवैधरुपमा बालुवा, गिट्टी, ढुङ्गा उत्खनन गरेका कारण पूर्व–पश्चिम राजमार्ग जोड्ने रातुनदीको पुल जोखिममा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप