मधेशी मोर्चाको राजधानी केन्द्रीत आन्दोलन चुरेभावरले प्रतिकार गर्ने
आइतबार, ०५ वैशाख २०७३, २२ : ०१
काठमाडौं–आन्दोलनतरत मधेशी मोर्चाले ११ बुँदे माग अघि सार्दै गर्ने भनिएको राजधानी केन्द्रीत आन्दोलनबिरुद्ध चुरेभावर लोकतान्त्रिक पार्टी प्रतिकारमा उत्रने भएको छ ।
आईतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर चुरेभावर लोकतान्त्रिक पार्टीका अध्यक्ष भुमिराज निरौलाले मोर्चाको राजधानी केन्द्रित आन्दोलन टुलुटुलु हेरेर नबस्ने भन्दै प्रतिकारमा उत्रने चेतावनी दिए ।
‘आन्दोलनरत मधेशी मोर्चाले अघि सारेका ११ बुँदे खतरनाक माग कुनै पनि स्वाभिमानी नेपालीका लागी स्ीवकार्य छैन’ उनले भने, ‘जनचाहना विपरित राष्ट्रघाती मागहरुलाई संवोधन नगर्न हामी सरकारलाई आग्रह गर्दछौं ।’
मधेशी मोर्चाले अघि सारेको ११ बुँदै मागले राष्ट्र विखण्डन गर्न सक्ने उल्लेख गर्दै अध्यक्ष निरौलाले दोस्रो जनआन्दोलन पछी मधेशमा वितरण गरिएको नागरीकताको पनि न्यायिक छानविन गर्न आग्रह गरे ।
पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मको चुरेभावर क्षेत्रलाई समेटेर छुट्टै प्रदेश बनाउनुपर्ने माग राख्दै आएको चुरेभावर लोकतान्त्रिकले आफ्ना माग पुरा नभए आगामी जेठ पहिलो साता बस्ने केन्द्रिय समितीको बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने दाबी गरे । ‘भौगोलीक विकता र गरिबीलाई मात्र आरक्षणको आधार बनाईनुपर्छ’ निरौलाले भने, ‘जनसंख्याका आधारमा नभई भुगोललाई प्राथमिकता दिएर निर्वाचन क्षेत्र निर्धारण नगरेमा हामी आन्दोलन गर्न बाध्य हुनेछौं ।’
त्यस्तै चुरेभावरले चीन लगायत अन्य मुलुकबाट इन्धन लगायतका अत्यावश्यक सामग्री आयातको प्रवन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण