नामिबियाँसँग आज फेरि खेल्दै नेपाल
सोमबार, ०६ वैशाख २०७३, ०७ : ४५
काठमाडौँ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले नामिबियाविरुद्वको दोस्रो खेलमा आज फेरि प्रतिस्पर्धा गर्दैछ । खेल बिहान साँढे ९ बजेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यक्रम छ ।
प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्वको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो । जितसँगै सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने नेपालको सपना जीवितै छ ।
यदि आजको खेलमा नेपालले नामिबियालाई पराजित गर्न सकेमा नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी विभिन्न आठ टोलीमध्ये शीर्ष चार भित्रपर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।
गत वर्ष खेलेका आफ्ना सबै चार खेलमा निराशजनक नतिजा ल्याएको नेपालले पहिलो चरणका दुबै खेलमा स्कटल्यान्ड र दोस्रो चरणमा पपुवा न्युगिनीसँग पराजय भोगेको थियो । नेपालले शनिबारको जितसँगै जारी प्रतियोगितामा दुई अङ्क जोडेको छ । त्यस्तै नामिबियाको पनि एक जितका साथ समान दुई अङ्क नै छ ।
एक दिवसीय खेलमा भने नेपाल र नामिबिया यसअघि दुई पटक भिडेका छन् । गत वर्ष नामिबियामै भएको आइसिसी विश्व लिग क्रिकेट ‘डिभिजन–टु ’मा नेपालले घरेलु टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको थियो भने सन् २००१ मा क्यानडामा भएको आइसिसी ट्रफीको समूह चरणको खेलमा नेपाल पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण