क्यान्सरपीडित बालिकालाई मलेसियाबाट आर्थिक सहयोग
खोटाङ– रसुवाकी क्यान्सरपीडित बालिकालाई मलेसियामा कार्यरत खोटाङका युवाको पहलमा झन्डै रु दुई लाख आर्थिक सहयोग प्राप्त भएको छ ।
रक्त क्यान्सरबाट थलिएकी रसुवाको लहरेपौवा–४ की पाँच वर्षीया मोनिका तामाङको जीवन रक्षाका लागि मलेसियामा कार्यरत खोटाङ नुनथलाका चिसाङ शेर्पाको पहलमा रु एक लाख ९० हजार ८४६ आर्थिक सहयोग प्राप्त भएको हो ।
क्यान्सरपीडित बालिकाको जीवनरक्षाका लागि सञ्चालन गरिएको उपचार खर्च सङ्कलन अभियानबाट जुटेको रकम पीडित बालिकाको आफन्तलाई पठाइएको मलेसियाबाट शेर्पाले जानकारी दिनुभयो । तीन महिनादेखि ब्लड क्यान्सरपीडित बालिकाको उपचार खर्च जुटाउन शेर्पाको पहलमा ‘ब्लड क्यान्सर पीडित मोनिका तामाङ बचाउ अभियान’ नामक फेसबुक अभियान सुरु गरिएको थियो । मलेसियामा मोनिका बचाऊ अभियान चलाइरहेका शेर्पालाई कतारबाट पनि खोटाङकै युवाले साथ दिइरहेका छन् ।
आर्थिक स्थिति कमजोर भएका कारण क्यान्सरपीडित बालिकाको आफन्तले उपचारका लागि सहयोगको याचना गरेपछि सहयोग जुटाउन अभियान चलाइएको शेर्पाले बताए ।
पीडित बालिकालाई सूर्य चाम्लिङ र समर बूढालगायतबाट पनि रु पाँच हजार १०४ प्राप्त भएको छ । ‘एक्युट लिम्फोसाइटिक लेउकेमिया अल’ नामक क्यान्सर भएकी बालिकाको उपचारका क्रममा हालसम्म रु चार लाखभन्दा बढी रकम सकिएको आफन्त प्रदीप तामाङले बताए । काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचाररत बालिकाको शरीरमा दैनिक ताजा रगत खरिद गरेर फेरी रहनुपर्ने अवस्था छ । आफन्त तथा शुभेच्छुककै सहयोगमा बालिकाको उपचार भइरहेको छ । सानै उमेरमा छोरीलाई प्राणघातक रोगले च्यापेपछि तामाङ परिवार चिन्तित छन् ।
क्यान्सरपीडित मोनिकालाई सहयोग गर्न सिआइएमबीको खाता नम्बर ७००१३२४४१६ मा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । यसअघि चिसाङकै पहलमा मलेसियामा नुनलथा–९ का क्यान्सरपीडित यामवीर तामाङको सहयोगार्थ अभियान चलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण