शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीमा प्रहरी छनोट गरिँदै

सोमबार, ०६ वैशाख २०७३, ०७ : ५२
सोमबार, ०६ वैशाख २०७३

जुम्ला– कर्णाली अञ्चल प्रहरी कार्यालय जुम्लामा पहिलो पटक आइतबारदेखि प्रहरी छनोट कार्य सुरु गरिएको छ ।

प्रहरी जवानमा प्रतिस्पर्धा गर्ने कर्णालीका सबै युवाले नेपालगन्ज जानुपर्ने र अधिकांशले धेरै खर्च गरेर रित्तो हात फर्कनुपर्ने बाध्यताबाट मुक्त गराउन कर्णालीका लागि जुम्लामै छनोट केन्द्र राख्न पहल गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विष्णुहरि गौतमले जानकारी दिए ।

उनले भने, ‘प्रहरी महानिरीक्षक कर्णाली भ्रमणमा आउँदा छनोट केन्द्रका लागि अनुरोध गरेको थिए र जे होस् पूरा भयो । उनका अनुसार पाँच विकास क्षेत्र र कर्णालीको जुम्लासहित मुलुकभरि एकैपटक, एकै समयमा छनोट कार्यका विधि सञ्चालन गरिएका छन् ।

यहाँबाट उम्मेदवारको कागजात, उचाइ, तौल, प्रारम्भिक स्वास्थ्य परीक्षण, ३००, ३२०० मिटर दौड, हाइजम्प, लङजम्प सेटअप, पुसअप, चिनअप लिने कार्य भइरहेको कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयको २० बुँदे मार्ग दर्शनमा रहेर काम गर्दा यो कार्यक्रम सम्पन्न गर्न १२ दिन लाग्ने बताइएको छ । जुम्ला, कालिकोट र मुगु तीन जिल्लाका ९१ महिला ३५५ पुरुष गरी जम्मा ७४६ जना छनोट कार्यमा सहभागी भएका छन् ।

डोल्पा र हुम्ला जिल्ला टाढा भएकाले त्यहाँका प्रतिस्पर्धीले नेपालगन्ज जानुपर्नेछ । दरखास्तदेखि छनोट कार्य जुम्लामै भएपछि आफूहरुलाई निकै सहज भएको उम्मेदवार सङ्गीता रावतले बताए । उनले भने, “राज्यले कर्णालीको भूगोलको अवस्थालाई बुझेर यो अवसर प्रदान गरेकोमा खुसी लाग्यो ।” अर्का उम्मेदवार भरत शाहीले थोरै खर्चमा प्रहरी प्रतिस्पर्धामा भाग लिन पाइएकोमा खुसी व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप