आगलागीबाट दुई लाखको क्षति
सोमबार, ०६ वैशाख २०७३, ०७ : ५८
नवलपरासी– नवलपरासीको परासीस्थित एक घरमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रामग्राम नगरपालिका–२ स्थित बैंक टोल स्थानीय सेठ गुप्ताको स्टोर कोठामा भएको आगलागीबाट कोठामा रहेको सो मूल्य बराबरको सबै मालसामान जलेर नष्ट भएको हो ।
यस्तै स्टोर कोठामा लागेको आगो छिमेकी मुन्द्रिका प्रसादको भान्सामा सल्किँदा भान्सामा भएका सामानमा पनि क्षति पुगेको प्रहरीले बताएको छ । आगो के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन । आगो प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण