शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जापानमा बारम्बार गएको शक्तिशाली भूकम्पबाट ४१ को मृत्यु

सोमबार, ०६ वैशाख २०७३, ०८ : ०१
सोमबार, ०६ वैशाख २०७३

जापान–जापानको दक्षिण भूभागमा केही दिनयता बारम्बार गएको भूकम्पबाट कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ ।

गत बिहीबार राती र शनिबार बिहानीपख गएका ती शक्तिशाली भूकम्पमा परी ४१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना बेपत्ता भएका बताइएको छ ।

कुमामोतो क्षेत्र भारी बर्षा हुने भविष्यवाणी गरिएको छ । लगातार आएको पराकम्पनबाट पहिरो गएको र थप पहिरो जाने त्रास पनि बढेको जनाइएको छ

क्युसु क्षेत्रमा नै शनिबार बिहान ७।० रिक्टर स्केलको अर्को शक्तिशाली भूकम्प गएको थियो । जापानको दक्षिणपश्चिमी द्वीप क्युसुमा बिहीबार राति नै ६।४ रिक्टर स्केलको भूकम्प गएको थियो । स्थानीय समयानुसार बिहीबार राती ९ः२६ बजे सो भूकम्प गएको हो ।

यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । त्यसपछि पराकम्पनहरु आइरहेको भएपनि परिस्थिति शुक्रबार सामान्य बनिसकेको थियो । तर पछि फेरि अर्को ठूलो धक्काले जनजिवन निकै नै प्रभावित पारेको छ । बिहीबार साँझ ६।५ रिक्टर स्केलको भूकम्प आउनु करिब आधा घन्टापहिले ५।७ रिक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रबिन्दु आसपासको नै इलाकामा रहेको र १० किलोमिटर मात्र गहिराइमा रहेको थियो ।

त्यसपछि शनिबार बिहानीपख अर्को शक्तिशाली भूकम्प गएको छ । यसबाट जापानमा तीन दिनमा लगातार तीन ठूला भूकम्पको महसुस भएको छ । शनिबारको भूकम्पले ठूलो क्षति पुगेको बताइएको छ ।

शनिबार बिहानको भूकम्पको केन्द्रबिन्दु किन्सुकै दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुमामोतो जिल्ला रहेको हो । कुमामोतो जिल्ला र क्युसुको अन्य भागहरुमा ४ सय भन्दाबढी पराकम्पनहरु महसूस गरिएको बताइएको छ ।

भूकम्पपछि करिब ६३ हजार भन्दा घरहरुमा आइतबार अपराह्नसम्म विद्युतीय लाइनहरु नभएको बताइएको छ । जापान विश्वको नै तुलनामा बारम्बार भूकम्पले सताउने गरेको देश हो ।

सन् २०११ मा उत्तरपूर्वी जपानमा गएको ९।० रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी करिब १८ हजार ५ सय व्यक्तिको मृत्यु भएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप