शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

इथियोपियामा १४० जनाको हत्या

सोमबार, ०६ वैशाख २०७३, ०८ : ०३
सोमबार, ०६ वैशाख २०७३

इथियोपिया– दक्षिण सुडानबाट इथियोपिया पुगेका जातिवादी बन्दुकधारीको एक समूहले स्थानीयमाथि गरेको आक्रमणमा करिब १४० जनाको मृत्यु भएको इथियोपियाली सरकारले आइतबार बताएको छ ।

मुरले समुदायका बन्दुकधारी समूहले शुक्रबार ग्याम्बेलामा आक्रमण गरी करिब १४० जना स्थानीयवासीको हत्या गरेका, कैयौँलाई अपहरण गरी लगेको र उनीहरूका चौपाया लुटर लगेको इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता तेबल्दे मुलुटेगले एएफपीलाई बताए ।

दक्षिण सुडान कोजोङलेई इलाकाबाट इथियोपिया आउने मुर्ले समुदायले पटकपटक इथियोपियाली भूमिमा बसोबास गर्ने नागरिकमाथि आक्रमण गरी उनीहरुका चौपाया जनावरहरु लुटेर लाने घटना यो पहिलो भने होइन । उनीहरुले पटकपटक यस्ता कुकार्य गर्दै इथियोपियाली जनतालाई सताउने गरेको स्थानीय एक किसानले बताए ।

के यो घटनासँग दक्षिण सुडान वा त्यहाँका विद्रोही समूहको संलग्नता थियो भन्ने प्रश्नमा प्रवक्ता मुलुटेगले भने, हामी यसमा सुडान सरकारको संलग्नता रहेको बताएका छैनौँ । तर त्यहाँबाट आएको एक जातीय समूहले हमला गरेको गाउँलेहरुको भनाई छ ।

सरकारले यसको छानबिनका लागि सुडान सरकारसँग सहकार्य गर्दै अघि बढ्ने र दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्ने प्रवक्ता मुलुटेगले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप