कोमल ओली र बद्रि पंगेनीले मस्को तताए
अधिकांश समय जाडो हुने रसियामा नेपालका ख्याती प्राप्त गायिका कोमल ओली तथा लोकगायक बद्रि पंगेनीले रुसको राजधानीमा आयोजित शुभकामना एवं सांस्कृतिक साँझ नामक कार्यक्रममा बेजोड प्रस्तुति गर्दै नेपाली समुदायलाई तताउनसम्म तताएका छन् ।
उनीहरुको उत्कृष्ट प्रस्तुतिमा दर्शकले मन थाम्न नसकी गीतमा साथ दिँदै मञ्चभरि नाच्न दर्शक झुम्मिएका थिए । उनीहरुको विविध गीतले मस्को घन्किएको थियो ।
झन्डै ५ सयभन्दा ज्यादा दर्शकको उपस्थितिले कलाकारद्वय कोमल ओली तथा बद्रि पंगेनी ज्यादै उत्प्रेरित भएका थिए । उनीहरुले आफ्नो प्रतिभा प्रष्फुटन गर्न कुनै कसर छोडेनन् । दर्शक रमाउदै नाचेका थिए ।
गीत गाउने क्रममा कोमलले भनिन् रसियन भाषामा ‘याभास लुब्लु’ आई लव यु रसिया भनेपछि कर्तल ध्वनिले कार्यक्रम स्थल गुन्जायमान हुन पुगेको थियो ।
गैरआवासीय नेपाली संघ रुस तथा अन्य संस्था मिलेर गरेको ग्रान्ड म्युजिकल नाइट नामक कार्यक्रम जनमैत्री विश्व बिद्यालय इन्टर क्लब मस्कोमा भएको थियो ।
कोमल ओली तथा बद्रि पंगेनीले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्न सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण