शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पेट्रोल लुकाउने पम्प कारबाहीमा

मङ्गलबार, ०७ वैशाख २०७३, ०८ : ५६
मङ्गलबार, ०७ वैशाख २०७३

चितवन– चितवनमा पेट्रोल सकियो भनेर लुकाउने दुईवटा पम्प कारबाहीमा परेका छन् ।

अन्य जिल्लामा पेट्रोल सहज भए पनि चितवनमा अझै सहज हुन नसकेपछि प्रहरीले सोमबार विभिन्न पम्पमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भरतपुरमा रहेको अवतार पेट्रोल पम्पले उपभोक्तालाई भने सकियो भनेर लुकाइराखेको २२७ लिटर पेट्रोल बरामद गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

उनका अनुसार लुकाएको पाइएपछि पम्पका म्यानेजर अजय पावेलाई पक्राउ गरिएको र कालोबजारीअन्तर्गत कारबाही सुरु भएको छ ।

यस्तै, अर्को शुभम् पेट्रोल पम्पले पनि ड्रममा ७५ लिटर पेट्रोल लुकाएको भेटिएपछि सञ्चालक एकजनालाई नियन्त्रणमा लिएर कारबाही थालिएको कुँवरले बताए ।

जिल्लामा अझै पेट्रोल पर्याप्त नहुँदा घन्टौँ लाइनमा बसेर पनि उपभोक्ता तेल नै हाल्न नपाई फर्कने गरेका छ । जिल्लामा डिजेल भने सहजरुपमा पाइएको प्रहरीले जनाएको छ ।

जिल्लाको मागभन्दा बढी पेट्रोल आउँदा पनि सहज नभएको भन्दै प्रशासनले अनुगमन गर्न थालेको हो । मोटर र गाडीमा तेल हालेर कालोबजारी गर्ने गिरोह सक्रिय भएको स्थानीयले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप