शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भूकम्पपीडितका घर बनाउने मजदुरको मृत्यु

मङ्गलबार, ०७ वैशाख २०७३, १० : १३
मङ्गलबार, ०७ वैशाख २०७३
दमौली - तनहुँको बन्दीपुर नगरपालिका–९ मा फाउन्डेसन कम्पनीमार्फत भूकम्पपीडितका लागि घर बनाउन बसेका एक मजदुरको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर पञ्चवली–९ घर भएका ३६ वर्षीय बलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । काम गर्दागर्दै एक्कासि बेहोस भएका थापाको उपचारका लागि दमौली अस्पताल पु¥याउनासाथ अस्पतालले मृत घोषणा गरेको थियो । मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप