मधेसी दललाई भटृराईको सुझाव : अब आर्थिक समृद्धिको आन्दोलन गर
बर्दिवास - पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधानसभाबाट नयाँ संविधान घोषणा अपूर्व ऐतिहासिक उपलब्धि रहेको बताएका छन् ।
सोमबार अबेर राति महोत्तरीको बर्दिवासमा सम्पन्न अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले त्यो उपलब्धिलाई आत्मसात् गर्न नसक्नु लोकतान्त्रिक आन्दोलनकै अबमूल्यन हुने स्पष्ट पारे ।
नयाँ संविधान घोषणासँगै मुलुक अब आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेको डा भट्टराईको भनाई छ । आफूले यसै चरणलाई पहिचान गरेर आर्थिक विकास र समृद्धिको लडाइँका लागि राजनीतिमा नयाँ शक्तिको आवश्यकता महसुस गरेर अघि बढेको उनले बताए ।
मधेसमा आन्दोलनको तयारीमा रहेका दललाई डा भट्टराईले विगतको नाकाबन्दी र हडतालले आर्थिक, सामाजिक र राजनीतिक रुपमा थिलथिलो भएको मधेसमा अब आर्थिक समृद्धिको आन्दोलनको अगुवाइ गर्न अपिल गरे ।
संविधान मान्दैनौँ भन्दै खुरुखुरु संसद्को भत्ता लिँदै सत्ताका लागि भइरहेका दाउपेच जनताले देखिबुझी मूल्याङ्कन गरिरहेका छन् भन्ने यथार्थ बुझ्न मधेसवादी दलसँग डा भट्टराईको आग्रह थियो ।
अब संविधानमा उल्लेख हुन छुटेका राजनीतिक अधिकार र प्रदेश सीमाङ्कनसम्बन्धी असन्तुष्टिको सम्बोधन आपसी वार्ताबाटै समाधान हुनसक्ने डा भट्टराईको निचोड थियो । यसमा सरकार र मधेसी दल दुवै लचिलो भने हुनुपर्ने उनले बताए ।
डा भट्टराईले सोमबारै जिल्ला सदरमुकाम जलेश्वर र मनरामा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण