९४ घण्टा लगातार टिभी हेरेर नयाँ विश्व किर्तिमान
तपाईलाई मन पर्ने टिभी शृंखला हेर्नु सहज र मनोरञ्जनको विषय हुनसक्छ । तर, निरन्तर टिभी हेरिरहँदा तपाईं समस्या हुनसक्छ । तर, २५ वर्षका अलेज्यान्द्रो फ्रागोसोले निरन्तर ९४ घण्टासम्म टेलिभिजन हेरेर गिनिज बुक अफ वल्र्ड रेकर्र्डस्मा लामो समय टेलिभिजन हेर्ने किर्तिमान आफ्नो नाममा लेखाए । यसअघि ९२ घण्टा निरन्तर टेलिभिजन हेर्दै अस्टियाका एक व्यक्तीले यो किर्तिमान गत महिनामा मात्रै आफ्न नाममा लेखाएका थिए । शुक्रबार न्युर्योकका फ्रागोसोले अन्य प्रतिस्पर्धीसँगै टेलिभिजन अगाडी बसेर सिरियल हेर्न सुरु गरे । मल्टिमिडिया सफ्वेयर कम्पनी साइबर लिंकले गरेको यस्तो प्रतिस्पर्धामा पहिलो स्थान हासिल गर्ने क्रममा उनले विश्व किर्तिमान नै तोडे । उनले शुक्रबारदेखि मंगलबार बिहानसम्म निरन्तर टिभी हेरेका थिए । यस र्किर्तिमान कायम गर्ने क्रममा शारीरिक तथा मानसिक रुपमा निकै कठिनाई भएको फ्रागोसोले बताएका छन् । उनले यस क्रममा आँखा दुख्ने, हृदयको गति बढ्ने लगायत विभिन्न अनुुभव गरेको बताए । उनले निरन्तर टेलिभिजन हेर्नु स्वास्थ्यका लागि गलत गरेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण