बारा खाद्यान्नमा आत्मनिर्भर : कृषि विकास कार्यालय
कलैया - बारा जिल्ला खाद्यान्न, दलहन र तेलहन बालीमा आत्मनिर्भर बनेको छ ।
जिल्लामा गत आवमा धान, गहुँ, मकै, मुसुरो र तोरी बाली गरी कुल रु सात अर्ब ३७ करोडको चार लाख दुई हजार ३६ मेट्रिकटन उत्पादन भई आत्मनिर्भर भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।
उत्पादित खाद्यान्न, दलहन र तेलहन बालीमा बीउबिजनका लागि ३१ हजार १९९ मेट र आन्तरिक खपत एक लाख १८ हजार ८२२ मेट हुने गरेको छ । रु पाँच अर्ब २४ करोड ३५ लाख बराबरको दुई लाख ५२ हजार १३ मेट बचत हुने गरेको छ ।
आव २०७१÷७२ मा धान दुई लाख ३४ हजार ५९४ मेट उत्पादन भएकामा बीउका लागि २३ हजार ४५९ मेट र आन्तरिक ९३ हजार ८३७ मेट टन खपत भई एक लाख १७ हजार २९७ मेट बचत भएको कार्यालयले जनाएको छ ।
यसैगरी गहुँ ७७ हजार ८९५ मेट उत्पादन भएकामा बीउका लागि छ हजार २३२ मेट र आन्तरिक १५ हजार ५७९ मेट खपत भई ५६ हजार ८४ मेट बचत भएको छ । यस्तै मकै ८२ हजार ३२५ मेट उत्पादन भएकामा बीउका लागि ८२३ मेट र आन्तरिक चार हजार ११६ मेट खपत भएरु ७७ हजार ३८५ मेट बचन भएको कार्यालय प्रमुख यादवले बताए ।
यसैगरी मुसुरो छ हजार दुई मेट उत्पादन भएकामा बीउका लागि ६०० मेट तथा आन्तरिक चार हजार ८०१ मेट खपत भई ६०० मेट बचत भएको थियो । तोरी एक हजार २२० मेट उत्पादन भई बीउका लागि ८५ मेट र आन्तरिक ४८८ मेट खपत भएर ६४६ मेट बचन भएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण