शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकमा विभेद : अरबी भाषा बोलेकै भरमा प्लेनबाट निकालिए अमेरिकी विद्यार्थी

मङ्गलबार, ०७ वैशाख २०७३, १५ : २२
मङ्गलबार, ०७ वैशाख २०७३

क्यालिफोर्निया – क्यार्लिफोनियाको एक इराकी विश्वविद्यालयमा पढ्दै आएका विद्यार्थी साउथवेस्ट विमानबाट अरबी बोलेपछि निकालिएका छन् । साउथवेस्ट एयरलाईन्सले खाइरुलद्धिन माखजुमीलाई अप्रिल ९ गते बिमान उड्नअघि निकालेको स्विकारेको हो । माखजुमीका अनुसार उनी आफ्ना काकासँग संयुक्त राष्ट्रसंघका महासचिव वान कि मूनको भाषण सुन्न उपस्थित हुनेबारे फोनमा कुरा गर्दै थिए । ‘त्यति नै बेला यस विमानका कर्मचारीले उनलाई विमानबाट निकाले । म भाषणका सम्बन्धमा निकै उत्साहित थिए । त्यसैले मैले यस सम्बन्धमा आफ्ना काकालाई फोनमार्फत जानकारी गराउँदै थिएँ,’ माखजुमीले भने । उनले फोनमा अरबी शब्द इन्साल्लाह प्रयोग गरेपछि फ्लाईटमै रहेकी अर्की महिलाले उनीलाई शंकाको दृष्टिले हेरेकी थिइन् । उनले अरबी बोलेकै कारण प्लेनबाट निकालिनु मानवअधिकारविरोधी भएको बताएका छन् । माखजुमी इराकी शरणार्थीका रुपमा अमेरिका आएका हुन् र उनी क्यारोलिना विश्वविद्यालयका विद्यार्थी हुन् । मैले र मेरो परिवारले इराकी भएकै कारण यस्ता थुप्रै विभेद भोग्नुपरेको छ र यो अर्को अनुभव हो । न्यूर्योक टाइम्ससँगको कुराकानीमा उनले भनेका छन् । उनले विमान कम्पनीले माफी माग्दै सबै मानिसलाई समान व्यवहार गर्नुपर्ने धारणा राखेका छन् । ‘मानिसको स्वाभिमान ठूलो कुरा हो । पैसा होइन,’ उनले भनेका छन् । साउथवेस्टले भने आफ्नो विज्ञप्तीमा उनले संभावित चुनौतिपूर्ण भाषा प्रयोग गरेका कारण विमानबाट निकालिएको र यो विभेदको विषय नरहेको बताएको छ । ‘विमानका नियमहरु उल्लंघन नभएसम्म हामी कसैलाई निकाल्दैनौ,’ विमानले निकालेको विज्ञप्ती भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप