राजमार्गमा पनि ट्रमा सेन्टर खोलिने
मङ्गलबार, ०७ वैशाख २०७३, १६ : ०८
काठमाडौँ - नेपालका मुख्य राजमार्गमा धेरै दुर्घटना हुने भएकाले मुख्य सडकमा ट्रमा सेन्टर खोल्ने तयारी भइरहेको छ ।
स्वास्थ्यमन्त्री रामजनम चौधरीले आज कुरा गर्दै पूर्वपश्चिम राजमार्ग र अन्य मुख्य राजमार्गमा घाइते भई अकालमा मृत्यु हुने अवस्था रोक्नका लागि ट्रमा सेन्टर खोल्न लागेको जानकारी दिए ।
उनले भने —‘‘नेपालको मेचीदेखि महाकालीसम्म पाँच छ स्थानमा र मुलुकका भित्री राजमार्गमा पनि धेरै दुर्घटनामा हुन्छ, घाइतेको उपचार गर्न काठमाडौँ, अथवा भारतसम्म पुग्नुपर्ने अवस्था छ, टाढासम्म उपचार गर्न कठिन भएकाले विभिन्न स्थानमा ट्रमा सेन्टर खोल्ने विषयमा गृहकार्य गरिरहेका छौँ ।’’
उहाँले सो विषयमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग सहित सम्बन्धित निकायसँग आफूले कुराकानी अगाडि बढाइसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण