ट्याङ्कर मजदुरको आन्दोलन फिर्ता
उर्लाबारी (मोरङ) - पेट्रोलियम पदार्थमा गर्ने गरिएको तापक्रम परीक्षणको विषयलाई लिएर विराटनगरका ट्याङ्कर मजदुरले थालेको आन्दोलन फिर्ता लिएका छन् । मजदुरले आन्दोलन फिर्ता लिएपछि पेट्रोल तथा डिजेलको ढुवानी र भण्डारणको काम सुरु भएको छ । मजदुरले ट्याङ्करको तल्लो भागबाट तापक्रम जाँच गर्नुपर्ने माग गर्दै गत आइतबारबाट आन्दोलन सुरु गरेका थिए । निगमका ५६० मजदुरले काम ठप्प पार्दा पूर्वाञ्चलमा इन्धनको ढुवानी बन्द भएको थियो । ट्याङ्कर यातायात मजदुर सङ्घका अध्यक्ष केशव आचार्यका अनुसार माग पूरा गर्नका लागि निगमलाई एक साताको अल्टिमेट दिएर मजदुर काममा फर्किएका हुन् । आगामी आइतबारसम्ममा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने उनले बताए । निगमले भारतको बरौनीबाट ल्याइएको पेट्रोलियम पदार्थको तापक्रम परीक्षण ट्याङ्करको माथिल्लो भागबाट गर्ने गरेका कारण मजदुरलाई नोक्सान भइरहेको उनको भनाइ छ । दुई दिन मजदुरले ढुवानी र भण्डारणको काम कारबाही ठप्प बनाउँदा पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको अभाव देखापर्न थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण