शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नीजि कम्पनीले फेरी तेल ल्याउन पाउने

मङ्गलबार, ०७ वैशाख २०७३, २० : १०
मङ्गलबार, ०७ वैशाख २०७३
काठमाडौं – सरकारले पहिल्यै अनुमति लिएर एलसी खोलेका नीजि कम्पनीहरुलाई फेरी ईन्धन ल्याउन अनुमति दिने भएको छ । मन्त्रीपरीषद्को आजको बैठकले पहिल्यै एलसी खोलेका कम्पनीहरुलाई ईन्धन ल्याउन दिने निर्णय गरेको हो । नेपालमा नाकाबन्दीका कारण ईन्धन अभाव हुँदा अस्थाई ईजाजत पाएर ईन्धन ल्याईरहेपनि चैत्र ४ गते मन्त्रीपरीषद् बैठकले ईजाजत खारेज गर्ने निर्णय गरेपछि समस्यामा परेकाहरुका लागि अनुमति दिईएको आपूर्ति मन्त्रालयले जनाएको छ । कार्तिक ४ गतेको राजपत्रमा प्रकाशित सुचना अनुसार विभीन्न देशबाट ईन्धन ल्याउनका लागि पैसा बुझाईसकेका र ईन्धन आउने क्रममा रहेका कम्पनीहरु सरकारले खारेजीको निर्णय गरेपछि समस्यामा परेका थिए । उनीहरुले अहिलेसम्म ईन्धन ल्याईरहेको विवरण आपूर्ति मन्त्रालयमा बुझाउनुपर्ने मन्त्रालयले जनाएको छ । अल्पकालिन ईन्धन आपूर्तिको लागि ३५ वटा कम्पनीले अनुमति लिएपनि थोरैले मात्र एलसी खोलेर तेल ल्याईरहेको आपूर्ति विभागले जनाएको छ । सरकारले खोरजीको निर्णय गरेपछि तेल ल्याईरहेका कतिपय कम्पनीले ल्याएको तेल नेपाल भारत सिमानाकामा रोकिएको छ । मन्त्रालयले खारेजीको निर्णय गरेकोले ल्याउने अनुमति नपाउँदा रोकिएको भन्दै उनीहरु मन्त्रालय र विभाग धाइरहेका थिए । आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार आर्यन पेट्रोलियमले ४६२२४.५७ केएल, अटोमेक्सले ५० केएल, फुजिमा आयल ले २९३.२४ मेट्रिकटन ईन्धन ल्याउन एलसि वा टिटी गरेर पैसा पठाईसकेका छन् । बाला, म्याक्स लगायतका कम्पनीहरुले पनि ईन्धन ल्याईरहेको आपूर्ति व्यवस्था विभागको भनाई छ । देशमा नाकाबन्दीका कारण ईन्धन अभाव भएपछि आपूर्ति ईन्धन ल्याउन विभीन्न निजी कम्पनीले अनुमति लिएपनि आयल निगमले बिराट पेट्रोलियमलाई २० करोडको एलसी खोलिदिएर ईन्धन ल्याउन अनुमति दिएपछि यो निर्णय विबादित भएको थियो । पछि बिराटले ल्याएको पेट्रोल कहिले जर्किनमा बेच्ने र कहिले चर्को मूल्यमा बेच्न थालेपछि सरकारले अनुमति लिएका सबै कम्पनीको ईजाजत नै खारेज गरको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप