जुकरबर्गलाई मात दिने युवक
काठमाडौं – माक जुकरवर्गले सामाजिक सञ्जाल फेसबुकबाट अर्बौ डलर कमाइसकेका छन् । तर भारतको कोच्चिका एक सामान्य युवाले उनकै क्षेत्रमा उनलाई माथ खुाएका छन् । अमाल आँगस्टीन नामका एक विद्यार्थीले फेसबुकका संस्थापक जुकरवर्गलाई म्याक्सचानजुकेरवर्ग डट ओआरजी नामक डोमिन बेचेका हुन् । यो डोमिन फेसबुकका संस्थापक मार्क जुकरवर्गकी छोरी म्याक्सिमा चान जुकरवर्गको नाममा खोलिएको हो । जब मार्कले आफ्नी छोरीको नाम फेसबुकमार्फत घोषणा गरे । त्यसपछि नै अमालले चलाखीपूर्वक यो नाममा डोमिन दर्ता गरेका थिए । अमाल एक स्थानिय इन्जिनियरिंग कलेजमामा अन्तिम वर्षमा पढ्दैछन् । यस डिलपछि पैसा पाउनुभन्दा पनि फेसबुकले सम्पर्क गरेकोमा उनी धेरै खुसी छन् । अमालले इन्टरनेट डोमिन रजिस्टर गराउने आफ्नो शौखका कारण केही फाइदा पनि भएको बताएका छन् । फेसबुकले उनलाई ७ सय डलर अर्थात ४६ हजार भारु उपलब्ध गराउनेछ ।
अमालले भने, मैले केही डोमिन दर्ता गराएको छु । पछिल्ला केही वर्षदेखि मैले यो काम सुरु गरेको थिए । पछिल्लो वर्ष डिसेम्बरमा जुकरवर्गकी छोरी जन्मिएपछि मैले यो डोमिन रजिस्टर गरेको थिएँ । यो डिल डोमेन रजिस्टर र वेभ होस्टिंग कम्पनी गो ड्याडी मार्फत भएको थियो । यही कम्पनीले अमालबाट प्रतिलिपि अधिकार लिएर फेसबुकलाई बेच्यो । सूरुआतमा उनलाई गो ड्याडी कम्पनीबाट इमेल आएको थियो । उनले ७ सय डलरमा डोमेन बेच्ने सहमति दिए । पछि फेसबुकको लेटरहेडमा चिठ्ठी आएपछि मात्रै उनले पत्ता पाए कि यो डोमिन फेसबुकले किन्दैछ । तर एकपटक राजी भइसकेका कारण उनलाई सम्झौता लत्याउन मन लागेन र बिना बार्गेनिङ उनले ७ दिनभित्र डोमिन बेचे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण