जन्ती बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
रामेछाप–जिल्लाको सदरमुकम मन्थलीस्थित मदनभण्डारी चोकमा मंगलबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा बाइकमा सवार एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
रामेछापको गेलुबाट जन्ती लिएर बर्दिवासतर्फ जाँदै गरेको विपी यातायातको ना४ख ९००५ नम्बरको बसले मन्थलीको भैसेश्वरबाट मन्थली बजारतर्र्फ आउँदै गरेको बा३४प ७६५४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा बाइकको पछाडी सवार रहेको रामेछाप गेलु–२ निवासी भिमबहादुर थापाको मृत्यु भएको हो ।
वाइक चालक भक्तपुर निवासी नारायणहरी सुवेदीको भनेको भने दाइने खुट्टा भाँचिको र दाइनेहातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । घाइतेको तामाकासेसी सहकारी अस्पताल मन्थलीमा प्राथमिक उपचार गरि थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
चालकले मादकपदार्थ सेवन गरि बस चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा सवार यात्रुहरु भने सकुशल रहेको बताइएको छ । दुर्घटनापछि मन्थलीका स्थानीयले मन्थलीस्थित मदनभण्डारी चोकमा भेला भएर सडक अवरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण