शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सिन्धुलीमा पाँचवटा उजुरी

बुधबार, ०८ वैशाख २०७३, १९ : ५०
बुधबार, ०८ वैशाख २०७३

सिन्धुली– द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको अवस्थाबारे छानविनका लागि आफन्तले धमाधम उजुरी दर्ता गर्न थालेका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले स्थानीय शान्ति समितिमार्फत उजुरी लिने व्यवस्था गरेपछि पीडितले उजुरी दिन थालेका हुन् ।

जिल्लामा आजसम्म पाँचवटा उजुरी परेका छन् भने थप पाँचजनाले फारम लिएर गएको स्थानीय शान्ति समितिकी सचिव गीता घिमिरेले जानकारी दिए ।

तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म सञ्चालन गरेको सशत्र द्वन्द्वका क्रममा माओवादी र राज्यपक्षबाट भएका मानव अधिकारको गम्भीर उलङ्घनसम्बन्धी घटनासँग सम्बन्धि मुद्दालाई आयोगले हेर्नेछ ।

अहिलेसम्म परेका उजुरीहरूमा प्रायः राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट आफन्तको हत्या र बेपत्ता बनाएका घटना रहेका छन् । यातना र सम्पत्ति क्षतिबारेसमेत उजुरी पर्न थालेको उहाँले जानकारी दिए ।

समितिका अनुसार झागाझोली रातमाटा–२ का बुद्धकुमार आछामीले दिदी निर्मला आछामीको हत्या भएको विषयलाई लिएर जिल्लाबाट पहिलो उजुरी दर्ता गराएका छन् । उनले दिदी निर्मलालाई राज्यपक्षबाट बर्वरता पूर्ण तरिकाले यातना समेत दिएर हत्या गरेको भन्दै उक्त घट्नामा संलग्नलाई कारबाहीको समेत माग गर्दै उजुरी दिएका हुन् ।

तथ्याङ्कमा सिन्धुली जिल्लामा १४ जना बेपत्ता छन् भने राज्य पक्षबाट १७५ जनाको हत्या र माओवादीबाट ५१ जना गरी २२६ को हत्या भएको छ ।

द्धन्द्धका क्रममा कुनै पनि पक्षबाट भएका हत्या, अपहरण वा शारीरिक बन्धक, अङ्गभङ्ग बनाउने, शारीरिक तथा मानसिक यातना, बलत्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड, वा आगजनीलगायत कानुनविपरीत गरिएका जुनसुकै किसिमका अमानवीय कार्यविरुद्ध उजुरी दिन सकिने समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप