शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेतासँगै अभिनेता बन्दै प्रचण्ड

बिहीबार, ०९ वैशाख २०७३, १८ : २७
बिहीबार, ०९ वैशाख २०७३

गुल्मी– ‘आउ नेपाली जनताहरु देशको लागि जुट्नुपर्छ.... नयाँ नेपाल निर्माण गर्न हामी सबै उठ्नुपर्छ.... ’ भन्ने बोलको राष्ट्रवादी गीत गाएर चर्चामा आएका गुल्मेली गायक तिलक बस्नेत फेरी अर्को राष्ट्रवादी गीत निकाल्ने तयारीमा जुटेका छन् ।

‘मेरो देश नेपाल’ नामक एल्बममा उक्त बोलको गीतमा उनले नेकपा एमालेका प्रभावशाली नेता प्रदिपकुमार ज्ञवाली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, पूर्व–मुख्य सचिव लिलामणी पौडेल, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, प्रचण्ड पुत्री रेणु दाहल, ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनलगायतलाई अभियन गराएका छन् । उक्त गीतको परिकल्पना नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गरेका हुन् भने लक्ष्मण पौड्यालको शब्दमा बस्नेतले गाएका हुन् । अब उनले एमाओवादी अध्यक्ष प्रचण्डलाई अभिनय गराउने गरी अर्को राष्ट्रवादी गिती एल्बम निकाल्न लागेका हुन् ।

प्रचण्डसँगै उनले काठमाडौंमा कार्यरत एसएसपी सर्वेन्द्र खनाल, उनै लोकबहादुर टण्डनलगायतलाई पनि अभिनय गराउने उनले बताए । अब छिट्टै बजारमा ल्याउन लागिएको ‘आँखा लाउने बैरीको शिर चुँडाउन नपरोस् ....खिया लाको खुकुरीलाई फेरी उदाउन नपरोस्.....’ बोलको गीत नेपालमाथि टेढो नजर लगाउने बाहिरी शक्तिहरुप्रति अलि आक्रमक भएकोले त्यो भूमिकामा प्रचण्ड नै सुहाउने हुँदा उनकी पुत्री रेणु दाहलमार्फत प्रचण्डलाई अभिनयका लागि राजी बनाइएको बस्नेतले बताए ।

फ्युजन म्यूजिक काठमाडौंले आयोजना गरेको नेपाली आइडियल प्रतियोगिता २०६८ मा देशभरका दशौं हजार प्रतियोगीलाई पछाडी पार्दै उत्कृष्ट ७ मा छनौट भएका बस्नेत त्यसबाट हौसिएर पहिलो एल्बमका रुपमा ‘मायाको हत्या’ नामक एल्बम बजारमा ल्याएका थिए । त्यस्तै उनले भूकम्प पिडितप्रति समर्पित ‘गुहार दुःखीलाई मलम लगाईदेउ...’ बोलको मन छुने गीत गाएका छन् ।

उनले थुप्रै आधुनिक गीतहरु र बढि मात्रमा जनचेतनामुलक गीतहरु गाएर आफूलाई स्थापित राष्ट्रिय कलाकारहरुको पक्तिमा उभाउँदै छन् । उनले बागमती सरफाई अभियानको पनि ‘खबरदार..खबरदार.... मन परी फोहर फाल्नेलाई.....’ भन्ने गीत पनि गाएका छन् । विशेष गरी राष्ट्रवादी गायकका रुपममा आफूलाई चिनाउने उद्देश्य बोकेका गायक बस्नेत गुल्मी सिमीचौरका वासिन्दा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप