शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आगलागी घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

शुक्रबार, १० वैशाख २०७३, ०५ : १७
शुक्रबार, १० वैशाख २०७३

काठमाडौँ– कपिलवस्तुको कजरहवा गाविसमा परी दुई बालबालिकाको ज्यान गएकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी सो घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

जिल्ला सदरमुकाम तौलिहवाको पश्चिम दक्षिण पर्ने कजरहवा गाविस–९ सिंग्रहा गाउँमा बुधबार आगलागी हुँदा राजेन्द्र नाउको छ वर्षीय छोरा सन्दीप नाउको आगोले जलेर मृत्यु भएको थियो । सोही गाउँका गुड्डु पासवनको दुईमहिने छोरी लक्ष्मी पासवनको आगलागीको तातो रापले मृत्यु भएको थियो ।

आगलागीमा परी दिवङ्गत भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सभापति देउवाले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । उनले विस्थापित भएकालाई यथाशीघ्र बसोबास, खाद्यान्न, लत्ताकपडाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा उनले यस दुःखद घडीमा पार्टीका तर्फबाट सहयोग गर्न कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप