प्रिमियर लिगमा आर्सनलको ५०० औं जीत, तर खाली स्टेडियम
काठमाडौं – प्रिमियर लिगमा ५ सयौं जीत निकाल्दै आर्सनलले शीर्ष चारमा आफ्नो स्थान मजबुत बनाएको छ । बिहिबार राती सम्पन्न खेलमा आर्सनलले वेस्ट ब्रोमिच आल्बियोनलाई २–० गोल अन्तरले पराजित गरेको हो । प्रिमियर लिगमा ५ सय गोलको कोसेढुंगा पार गर्ने आर्सनल दोस्रो टोली बनेको छ । आर्सनलभन्दा अघि म्यान्चेस्टर युनाइटेडले ५ सय ८४ खेल जितेको छ । आर्सनललाई विजयी गराउन एलेक्सिस सान्चेजले दुई गोल गरे । यसअघिका दुई खेलमा बराबरी खेलेर दबाबमा रहेको आर्सनलले महत्वपूर्ण जीत निकाल्यो । ६३ अंकसहित आर्सनल पाँचौं स्थानमा रहेको युनाइटेडभन्दा चार अंकले अघि रहेको छ । १२ वर्षदेखि प्रिमियर लिग उपाधिबाट बञ्चित रहेको आर्सनलले यस सिजन भने कुनै समय प्रिमियर लिग जित्ने होडमा थियो । तर, सन् २०१६ मा मात्र ५ खेल जितेपछि उसको उपाधि जित्ने सपना पुनः चकनाचुर बनेको छ । शीर्ष स्थानमा रहेको लेस्टर सिटीभन्दा आर्सनल १० अंकले पछि परेको छ ।
आफ्नो टोलीको पछिल्लो प्रदर्शनबाट असन्तुष्ट रहेका आर्सनलका धेरै समर्थकहरुले हिजोको खेल बहिस्कार गरेका थिए । आधिकारिक रुपमा ५९,५६८ दर्शक स्टेडियमा उपस्थित रहेको बताइएपनि स्टेडियमका धेरै सिटहरु खाली थिए । टिकट किनेका समर्थकहरु समेत एमिरेटस् स्टेडियमसम्म पुगेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाको पहिलो दिन कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण