शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नयाँ शक्तिले भूकम्पका कारण मारिएकाहरुको स्मृतिसभा गर्दै

शुक्रबार, १० वैशाख २०७३, ११ : १४
शुक्रबार, १० वैशाख २०७३
काठमाडौं - नयाँ शक्ति नेपालले २०७२ बैशाख १२ र २९ को भूकम्पका कारण ज्यान गुमाउनेहरुको स्मृतिमा सभा गर्ने भएको छ । न्युरोडको जुद्ध शालिकअगाडि आइतबार (बैशाख १२) विहान ७:०० बजेदेखि ८:०० बजेसम्म स्मृतिसभा हुनेछ । यसअघि भूकम्पले ढालेको धरहराको फेदमा गर्ने तय भएकोमा स्थान परिवर्तन भई जुद्ध शालिकअगाडि सभा हुने निश्चित भएको हो । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, डा. चुन्दा बज्राचार्य, कवि दुर्गालाल श्रेष्ठ लगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा सभा हुनेछ । एक वर्ष वितिसक्दा पनि पीडितहरुले उचित राहत प्राप्त गर्न नसकिरहेको र द्रूत गतिमा अघि बढ्नुपर्ने पुन:निर्माण/नवनिर्माणको काम पनि हुन नसकिरहेको सन्दर्भमा सो का निम्ति दवाव दिन र मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि स्मृतिसभा हुन लागेको हो । सभापश्चात ८:०० बजेदेखि ९:०० बजेसम्म क्लिन काठमाडौं, ग्रीन काठमाडौं अभियान अन्तरगत बसन्तपुर दरवार स्क्वायर क्षेत्रमा सरसफाइ कार्यक्रम हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप