ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
शुक्रबार, १० वैशाख २०७३, १८ : ०१
विराटनगर– मोरङको उर्लाबारी–६ मा आज दिउँसो मालबाहक ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
ना३ख ९४९४ नम्बरको सो ट्रकको ठक्करबाट नाम र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी प्रहरीले आजै ठूलो परिमाणमा अवैध मदिरासहित मदिरा बनाउने सामानहरू बरामद गरेका छन् ।
विराटनगर–१६ स्थित हनुमान मन्दिरटोल, बखरी र दुधुवामा गोप्य सूचनाको आधारमा घरहरूको खानतलासी गर्दा अवैध मदिराको कच्चा पदार्थ र दुई हजार ४५० लिटर रक्सी बरामद गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाको पहिलो दिन कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण