संविधान कार्यान्वयनका लागि वाम शक्ति एक हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै वाम शक्ति एक हुनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ६८ औँ स्थापना दिवसको अवसरमा नेकपा एमाले केन्द्रीय कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी अब विभाजित र विखण्डित नभई संविधान कार्यान्वयनतिर एक भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।
समयको परिवर्तनसँगै माक्र्सवाद–लेलिनवादलाई सिर्जनात्मक रुपमा प्रयोग गर्दै एमाले जनताको बहुदलीय जनवाद जबजको मार्गदर्शक सिद्धान्तका साथ अघि बढेको बताउँदै उनले भने– “अब मुलुक विभिन्न चुनौतीको सामना गर्दै आर्थिक र सामाजिक रुपान्तरणको दिशातिर लाग्नुपर्छ ।”
उनले भने – “एमाले जनताको मन जित्दै अहिलेको अवस्थासम्म आएको पार्टी हो । यो कुनै बम्पर उपहार वा गाई कि त्रिशूल गरेर जन्मिएको पार्टी होइन ।”
पूर्व प्रधानमन्त्री तथा पार्टीका नेता माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलन विश्वको कान्छो आन्दोलन भए पनि अन्य मुलुकको तुलनामा उत्कृष्ट रहेको दाबी गरे ।
नेता नेपालले अब नयाँ क्रान्तिकारी विचारबाट देशको विकास गर्नुपर्ने दायित्व नेपालका कम्युनिस्ट पार्टीको काँधमा आएको बताउँदै उनीहरुले जनभावनाको कदर गर्नसक्नु पर्ने विचार प्रकट गरे ।
महासचिव ईश्वर पोखरेलले कम्युनिस्ट पार्टीले नेपाली श्रमजीवी जनताको हकअधिकारका लागि सहयोग र समर्थन गर्दै आएकाले उनीहरु लोकतान्त्रिक र सामाजिक आन्दोलनको पार्टी बन्न सफल भएको बताए ।
महासचिव पोखरेलले एमालेकै सक्रियतामा संविधान जारी भएकाले कार्यान्वयनको अगुवाइ पनि पार्टीले नै लिनुपर्ने धारणा राखे ।
पार्टीका सचिव योगेश भट्टराईले अबको स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउनुपर्ने बताए ।
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले अब कम्युनिस्ट पार्टी एक भई देशको नेतृत्व गर्नसके संविधान कार्यान्वयन प्रक्रिया सफल हुने र मुलुकको आर्थिक विकास हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण