शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मधेसी र थारुको माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : प्रचण्ड

शुक्रबार, १० वैशाख २०७३, १८ : २२
शुक्रबार, १० वैशाख २०७३

दाङ–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी र थारु समुदायको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् । थारु राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलनलाई दाङको तुलसीपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मेधेसी र थारु समुदायको माग सम्बोधन गर्नका लागि तेस्रोपटक संशोधन गर्न आवश्यक रहेको प्रष्ट पारे ।

देशमा देखिएको समस्या समाधानका लागि मेधेसी दलहरुसँग निरन्तर सम्पर्कमा रहेको र छिट्टै वार्तामा बसेर टुंगोमा पु¥याउने उनले बताए ।

संविधान कागजको खोष्टो भएकाले यसको कार्यान्वनका लागि आन्दोलन आवश्यक रहेको उनले बताए । संविधान विरोधी तत्वरुले कार्यान्वयन हुन नदिन लागिपरेको भन्दै संविधानमा समेटिएका हकअधिकार कार्यान्वयनका लागि आन्दोलन गर्न सबै लाग्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले मेधेसी दलहरुलाई इंकित गर्दै विगतमा थारु समुदायलाई तरबार, भाला, खुँडा लिएर उठ् भन्नेहरु नै संविधान विरोधी भएको भन्दै अहिलेको संविधानले थारुको पहिचान दिएको र अधिकार स्थापितका लागि संवैधनिक आयोग समेत गठन भएकाले अर्काको बहकाउमा नलाग्न थारु समुदायलाई अपिल गरे ।

अहिलेको संविधानले केहि दिएन भन्नु घुमाएर जनताको आँखामा छारो हाल्नु र घुमाई–फिराई पुरानै राजा महाराजालाई फर्काएको बताए । संविधान परिवर्तनशिल र गतिशिल भएको भन्दै उनले अहिलेको संविधानले केहि पनि दिएन भन्नु र पूर्ण छ भन्नु अतिवादी र मनोगत धाराणा मात्र हुने बताए ।

एकएक छुट्टै प्रसंगमा अध्यक्ष प्रचण्डले एकीकृत माओवादीबाट चोइटिएर गएका वैद्य र डाक्टर छिट्टै पुरानो घरमा फर्किने बताएका छन् । उनीहरु गए पनि माओवादी पार्टी आन्दोलन कमजोर नभएको दाबी गर्दै माओवादी पार्टीमा नआई सुकै नहुने बताए । वैद्य र डाक्टर छुट्टिएर जाँदा अहिले पछुताएको भन्दै जतिसक्यो छिटो पार्टीमा फर्किनुहुन्छ त्यति छिट्टै फाइदा पुग्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप