शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सिंहदरबार नजिकै पञ्चकन्या ग्रुप

शुक्रबार, १० वैशाख २०७३, १८ : ३४
शुक्रबार, १० वैशाख २०७३

काठमाडौं–पञ्चकन्या उद्योग समूहले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पृथ्वी दिवसको अवसर पारेर काठमाडौंको सिंहदरबारस्थित रामशाहपथमा पञ्चकन्या ग्रुपको शुभारम्भ गरेको छ । काठमाडौं महानगरपालिकाको सहकार्यमा सडकपेटी हरियाली बनाउने भन्दै पञ्चकन्या गु्रपको शुभारम्भ गरिएको हो ।

उक्त कार्यको ग्रुपका उपाध्यक्ष धु्रबकुमार श्रेष्ठ र काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्र सिंह तामाङद्वारा संयुक्त रुपमा रिबन काटी शुभारम्भ गरिएको थियो । बढ्दो वातावरण विनाशलाई थोरै मात्रामा भएपनि कम गर्न पहिलो चरणमा ललितपुर उपमहानगरपालिका क्षेत्रमा वृक्षारोपण गरिसकिएको र हाललाई त्रिपुरेश्वर, भृकुटीमण्डप, दरबारमार्ग, सिंहदरबार, लैनचौरलगायत क्षेत्रका सडकपेटीमा विरुवा रोपी हरियाली बनाउने कार्यसमेत अन्तिम चरणमा पुगेको पञ्चकन्या ग्रुपले जनाएको छ ।

उक्त समारोहमा ग्रुपका संचालक, कर्मचारी, महानगरपालिकाका कर्मचारी, पत्रकार तथा स्वयमसेवकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप