बैंकको बक्र्यौत्ता ऋण नबुझाउँदा लाखौंको जग्गा लिलामी
बर्दिबास–समयमा बैंकबाट लिएको ऋणको बक्र्यौत्ता नबुझाउँदा महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरका लालबाबु रायको लाखौं जग्गा सस्तो मुल्यमा लिलाम भएको छ । रायले ६ वर्षअघि बर्दिबासस्थित सनराइज बैंकबाट गौशाला नगरपालिका–४ स्थित शिवभक्ति खोरमा रहेको ९ लाखको मुल्य पर्ने ६ धुर जग्गा बैंकमा राखेर ऋण खाएका थिए ।
पछिल्लो समयमा बैंकको १ लाख ८९ हजार ५५५ रुपैयाँ ५९ पैसा बक्र्यौत्ता रकम नतिर्दा बैंकले शिलबन्दी बोलपत्र आह्वान गरेर २ लाख ५० हजारमा सो जग्गा लिलाम गरेको सनराइज बैंकको बर्दिबासको ब्रान्च मेनेजर सरोज श्रेष्ठले बताए । उनले भने, ‘हामीले रायलाई पटक–पटक गरेर ताकेता ग¥यौं । तर, ऋणीले समयमा बैंकको बाँकी रकम चुक्ता गर्न सम्पर्कमा आएन । प्रक्रियामा गएर जग्गा लिलाम गरियो ।’
२४ चैत २०७२ मा सनराइज बैंकको केन्द्रीय कार्यालय काठमाडौंले १५ दिने जग्गा लिलाम सम्बन्धी सूचना पत्रिका प्रकाशित गरेर जग्गा लिलामको प्रक्रिया अगाडी बढाएको मेनेजर श्रेष्ठले बताए ।
बोलपत्र आह्वान गरेपछि सो जग्गा खरिदको लागि सर्लाहीको रानीगंज–३ का बसन्त ढुमंजनले २ लाख ५० हजार मुल्य राखेर बैंकमा बोलपत्र दर्ता गराएका थिए । तोकिएको समयमा बसन्तको बोलपत्र मात्र बैंकमा दर्ता भएकोमा उनैले ९ लाखको जग्गा २ लाख ५० हजारमा हात पर्न सफल भएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण