कनकमणिलाई थुन्न गौशाला प्रहरीको हिरासतमा लगियो
काठमाडौं–अख्तियारले शुक्रबार दिउँसो पक्राउ गरेको साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितलाई थुनामा राख्नका लागि महानगरीय प्रहरी वृत गैशाला पठाएको छ । अख्तियार मुख्यालय टंगालमा रहेको हिरासतमा नराखी उनलाई साँझपख गौशला पुर्याएको गौशालाका इन्सपेक्टर पृथ्वी ओलीले पुष्टि गरे ।
अख्तियार स्रोतकाअनुसार तोकिएको अनुसन्धान अधिकृतलाई हिकेर कुरा गर्नेहरुलाई टंगालमा राख्नुको साटो हनुमानढोका वा अन्यत्र पठाइँदै आएको थियो । अख्तियारको अनुसन्धान अधिकृतले पटक–पटक पत्राचार र टेफिलोन गर्दा सम्पत्ति विवरणबारे जानकारी दिन अस्विकार गरेपछि अनुसन्धाका लागि पक्राउ गरिएका दिक्षितलाई स्वास्थ्य परिक्षणपछि गौशाला पठाइएको हो ।
गौशाला प्रहरी वृतमा एउटा मात्रै थुनुवा कक्ष भएकाले दिक्षितले आजको रात सोही कक्षमा बिताउने छन् । ‘हाम्रोमा आज २३ जना थुनुवाहरु छन्’ इन्सपेक्टर पृथ्वी ओलीले भने, ‘उनको लागि विशेष सुविधा केही छैन, अन्य थुनुवासँगै राखिएको छ ।’
अकुत सम्पत्तिबारेको अनुसन्धान नटुंगिए करिब ६ महिनासम्म हिरासतमा राखेर दिक्षितमाथि अनुसन्धान गर्न सकिने अख्तियार स्रोतले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण