शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राप्रपा नेपालले भन्यो– पार्टीको कारबाहीमा परेकासँग सम्बन्ध नराख्नू

शुक्रबार, १० वैशाख २०७३, २२ : १६
शुक्रबार, १० वैशाख २०७३

काठमाडौं, बैशाख १०– राप्रपा नेपालले पार्टी कारबाहीमा परेकाहरुसँग कुनै पनि किसिमको सम्बन्ध नराख्न मातहतका निकायहरुलाई निर्देशन दिएको छ । पार्टी हितविपरित गतिविधि गरेको आरोपमा निलम्बनमा परेका सहअध्यक्ष केशर बहादुर विष्टले केहि केन्द्रीय सदस्यसमेतलाई प्रभावमा पारेर फरक गतिविधि गर्न थालेपछि राप्रपा नेपालले मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो । राप्रपा नेपालको केन्द्रिय सचिवालयको शुक्रबार बसेको बैठकले पार्टी हित बिपरित अनुशासनहिन गतिविधिमा सम्लग्न भई कारबाहिमा परेका ब्यक्तीहरुसंग कुनै किसिमको सम्बन्ध नराख्न मातहतका निकायलाई निर्देशन दिइएको  महामन्त्री राजेन्द्र लिंदेनले  जानकारी गराए ।

बैठकले पार्टी संगठनलाई देशब्यापी रुपमा सुदृढ तुल्याउन अभियान संचालन गर्ने समेत निर्णय गरेको छ । जसअनुसार पार्टी पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारी दिई भ्रमण गराउने र प्रशिक्षण संचालन गरिने लिंदेनले जानकारी दिए । पार्टी निति, बिचार सिद्धान्तमा अबिचलित भएको र केहि मुठीभरका ब्यक्तिले चलाएको भ्रमपुर्ण हल्लालाई चिर्ने काम हुन्छ’ महामन्त्री लिङ्देनले भने, ‘संगठन अहिलेको हाम्रो महत्त्वपुर्ण बिषय हो, हामी नयाँ जोश ,जागर र उत्साहका साथ अघि बढ्छौ । बैठकमा उपाध्यक्ष टंक ढकाल र अर्का महामन्त्री डाक्टर धवल शमशेर राणाले पार्टीलाई नयाँ उचाई दिनको लागी मेची महाकाली संगठन सुदृढीकरण अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए । कोषाध्यक्ष उद्धब पौडेलले पार्टी र नेतृत्वको बढ्दो सफलताका कारण केहि शक्ति तर्सिएको र यसमा पार्टी भित्र कै एकाध ब्यक्ति प्रयोग भएको भन्दै अनुशासनहिनतालाई कुनै हालतमा छुट दिन नहुने बिचार राखे । आगामी दिनमा पार्टी सचिवालयलाई थप चुस्त र ब्यबस्थित बनाउने तर्फ पनि छलफल भएको केन्द्रीय सदस्य तथा उपप्रधानमन्त्री कमल थापाका राजनितीक सल्लाहकार राजाराम बर्तौलाले रातोपाटीलाई जानकारी दिए । बर्तौलाका अनुसार समयसिमा भित्र पार्टीको जिल्ला अधिबेशन सम्पन्न गर्न पनि बैठकले दिशानिर्देश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप