शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विश्व पुस्तक दिवसमा लेखक सम्मेलन

शुक्रबार, १० वैशाख २०७३, २२ : २२
शुक्रबार, १० वैशाख २०७३
काठमाडौं-प्रगतिवादी लेखकहरूको संगठन अखिल नेपाल लेखक संघको दोस्रो राष्ट्रिय सम्मेलन शनिबार हुने भएको छ । सम्मेलनको सम्पूर्ण तयारी सकिएको संघका कार्यवाहक संयोजक विष्णु भण्डारीले बताए । शनिबार लोकतन्त्र दिवस र विश्व पुस्तक दिवससमेत परेको छ । दुवै दिवससमेत सम्मेलनकै क्रममा ‘सेलिब्रेट’ गरिने संघका कार्यवाहक अध्यक्ष विष्णु भण्डारीले बताए । उनका अनुसार सम्मेलनमा देशका करिव ६५ जिल्लाबाट ती सय लेखक प्रतिनिधि काठमाडौं आउँदैछन् । ‘उपस्थित लेखकहरूले लोकतन्त्र दिवसको शुभकामना तथा पुस्तक आदानप्रदान गरी दुवै दिवस पनि साथै मनाउनेछन्,’ उनले भने । शनिबार बिहान ८ बजेबाट सुरु हुने सम्मेलन बेलुका सकिनेछ । सम्मेलनले आगामी तीन वर्षको लागि नेतृत्व छनोट गर्नुका साथै अबको लेखन कस्तो हुन्छ भन्नेबारे बहस पनि गर्ने भण्डारीले बताए । ‘संघ एमाओवादी निकट लेखकहरूको भएपनि यसलाई पहिलेजस्तै साँघुरो घेरामा बाँध्नु उपयुक्त छैन भन्नेमा बहस भइरहेको छ । त्यस्तै अबको लेखन कस्तो हुनुपर्छ भन्ने विषयमा पनि सम्मेलनमा बहस हुनेछ,’ उनले भने । संघको यसअघि ०६४ मा पहिलो सम्मेलन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप