शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आगलागीबाट सात घर जलेर नष्ट

शनिबार, ११ वैशाख २०७३, ०५ : २४
शनिबार, ११ वैशाख २०७३

सल्यान– काप्रेचौर–३ सालडाँडामा भीषण आगलागी भएको छ ।

आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । नजिकैको जङ्गलमा लागेको आगो बस्तीमा पसेपछि घर जलेको स्थानीयवासी टेकराज पुलामीले जानकारी दिए ।

घरमा भएको आगलागीसँगै घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा नगद समेत जलेर नष्ट भएको छ । स्थानीयवासीले आगो निभाउन प्रयास गरेको भए पनि हालसम्म आगो नियन्त्रणमा नआएको पुलामीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप