शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ओजिल र केनलाई पछि पार्दै महारेजलाई पिएफए अवार्ड

सोमबार, १३ वैशाख २०७३, ०९ : ५१
सोमबार, १३ वैशाख २०७३

लण्डन – लेस्टर सिटीका फरवार्ड रियाद महारेजले यस सिजनको प्रोफेसनल फुटबलर्स एसोसिएसन प्लेयर अफ द इयर अवार्ड जितेका छन् । ३४ खेलमा १७ गोल तथा ११ एसिस्ट गरेका महारेजले आफ्नो टोलीलाई प्रिमियर लिगको शीर्ष स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । यता, टोटनहमका २० वर्षीय मिडफिल्डर डेली अली उत्कृष्ट युवा खेलाडी चुनिए भने उत्कृष्ट महिला खेलाडीको उपाधि म्यान्चेस्टर सिटीकी इजी क्रिस्टियानसेनले जितिन् । सन्डरल्याण्डकी २० वर्षीया स्ट्राइकर बेथ मेड उत्कृष्ट युवा महिला खेलाडी चुनिइन् । २५ वर्षीय महारेजले टोटनहमका ह्यारी केन र आर्सनलका मेसुट ओजिल र आफ्नै टोलीका जेमी भार्डी र एनगोलो कान्टेलाई पछि पार्दै उक्त उपाधिमाथि कब्जा जमाएका हुन् । आइतबार लण्डनको एक होटलमा आयोजना गरिएको कार्यक्रमबीच महारेजले पुरस्कार लिए । समारोहपछि उनले अवार्ड आफ्ना समकक्षीहरु प्रति समर्पित गरे । ‘यसको सबै श्रेय मेरो टोली अन्य सदस्यहरुलाई जान्छ,’ उनले भने, ‘यसमा मेरो प्रशिक्षक र स्टाफको पनि उत्तिकै भूमिका छ ।’ सन् २०१४ सम्म फ्रेन्च लिगको दोस्रो डिभिजन टोली ले हाभ्रेमा खेल्ने महारेजले यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनकै प्रेरणामा लेस्टर लिग उपाधिको नजिक पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप