मनपरी नगर्न चेतावनी दिँदै कमल थापालाई २१ नेताको पत्र
काठमाडौं– फरक मत राखकै आधारमा सहअध्यक्ष केशरबहादुर विष्टलाई कारबाही गरेर कमल थापाले गल्ती गरेको आरोप लगाउँदै राप्रपा नेपालका केन्द्रीय सदस्यसहितका २१ जना नेताहरुले अध्यक्ष कमल थापालाई संयुक्त पत्र लेखेका छन् । राप्रपा नेपालको केन्द्रीय कार्यालय धुम्बराईलाई सम्बोधन गर्दै आज प्रेषित उक्त पत्रमा मनपरी निर्णय नगर्न पार्टी अध्यक्ष कमल थापालाई चेतावनी समेत दिइएको छ ।
पत्रमा भनिएको छ, ‘आजको परिवर्तित एंव प्रजातान्त्रीक परिवेशमा पार्टी भित्र विधि पद्धती र प्रजातान्त्रीक प्रक्रियाको विकास गरिनु पर्दछ भन्ने विचार राखिएको आधारमा गरिएको यस स्तरको निलम्वन र निस्कासनले पार्टीका कार्यकताको मात्र नभएर हाम्रो पार्टीसंग समान विचार राख्ने देश विदेशमा रहेका सुभेक्ष्युक तथा राप्रपा नेपाललाई मुलुकको चौथो राजनैतिक शक्तिको हैसियत प्रदान गर्नु हुने हाम्रा श्रध्यय मतदाता राष्ट्रवादी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुको भावनामा गहिरो चोट पुग्न गएको छ ।’ विष्टको निलम्बनले आम कार्यकर्ता सुभेक्षुकहरुको पार्टी प्रतिको समर्पणमा गम्भीर आधात पुग्न गएको भन्दै निलम्बन फिर्ता गरेर कार्यकताको आत्मसम्मानलाई सम्मान गर्दै पार्टीको स्तर उन्नतीमा सक्रिय पूर्वक काम गर्ने वातावरण श्रृजना गर्न समेत पत्रमार्फत माग गरिएको छ । पत्रमा केन्द्रीय सदस्य बसन्त थापा , धुव स्नेहि , पुर्षाेत्तम ढकाल , केन्द्रीय सल्लाहकार रविराज थापा (पुर्व एआईजि) , जिल्ला अध्यक्षहरु दइन्द्र वहादुर ठकुरी , कपलि थापा ,श्याम के.सी., होम सिँह बस्न्यात , शंखर राज विष्ट ,पद्यकेशर कार्कीसहित राप्रपा नेपाल अध्यक्ष सर्लाही–काठमाण्डौ सम्पर्क समाजका अध्यक्ष अनिल शाह, राप्रपा नेपाल ललितपुर जिल्ला वरिष्ठ उपाध्यक्ष तारक केसी, हुम्ला जिल्ला पुर्व सभापति काली वहादुर शाहि, भक्तपुर जिल्ला पुर्व सभापति चित्र वहादुर पाण्डे, झापाका नेता देबी बर्मा, पुर्व कालीकोट जिल्ला उपाध्यक्ष गोरख वहादुर बम , युवक संगठनका केन्द्रिय सदस्य अनिल श्रेष्ठ, लम्जुङ्ग जिल्ला पुर्व समापति जिवन विष्ट, इलाम जिल्ला पुर्व उपसमापति देवि वहादुर कार्की, संखुवासभाका क्षत्रीय समापति रोशन थापा र पुर्व केन्द्रिय सदस्य प्रजापति कोइरालाको हस्ताक्षर रहेको छ । यसअघि पनि राप्रपा नेपालका ८ केन्द्रीय सदस्यसहित १० जनाले संयुक्त विज्ञप्ती जारी गर्दै विष्ट निलम्बनको विरोध गरेका थिए । गत बैशाख ९ गते यसरी संयुक्त विज्ञप्ती जारी गर्नेहरुमा केन्द्रीय सदस्यहरु विष्णु भट्टराई, मिरा राणा, पदम ठकुराठी, घनश्याम गिरी, ऋषिबाबु परियार, दमन बस्नेत, बसन्तराज लम्साल र इन्द्र थापा तथा प्रवास विभाग प्रमुख श्याम केसी र राप्रपा नेपाल निकट पूर्व प्रहरी संगठनका निराकार मान सिङ्ग रेग्मी रहेका थिए । गत चैतको तेस्रो साता वीरगन्जमा सम्पन राप्रपा नेपालको केन्द्रीय समिति बैठकले विष्टलाई पार्टी हितविपरितको गतिविधि गरेको भन्दै तीन वर्षे निलम्बन गरेसँगै राप्रपा नेपालमा विवाद चुलिएको हो । यसैबीच राप्रपा नेपालले पार्टी कारबाहीमा परेकाहरुसँग कुनै पनि किसिमको सम्बन्ध नराख्न मातहतका निकायहरुलाई निर्देशन दिएको छ । राप्रपा नेपालको केन्द्रिय सचिवालयको गत शुक्रबार बसेको बैठकले पार्टी हित बिपरित गतिविधिमा सम्लग्न भई कारबाहिमा परेका ब्यक्तीहरुसंग कुनै किसिमको सम्बन्ध नराख्न मातहतका निकायलाई निर्देशन दिएको हो । राप्रपा नेपालले पार्टीको कारबाहीमा परेकालाई सघाएको पाइए कारबाही गर्नेसम्मको चेतावनी समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण