काभ्रेपलाञ्चोकको ९८१ हेक्टर वनमा डढेलो
बनेपा - काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा लागेको डढेलोका कारण झन्डै ९८१ हेक्टर वनमा क्षति पुगेको छ । जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार जनागाल क्षेत्रमा ५६ हेक्टर, खोपासी क्षेत्रमा ६० हेक्टर, कटुञ्जेबेँसी क्षेत्रमा १६० हेक्टर, महादेवस्थानमा ४५ हेक्टर, चौवास क्षेत्रमा ७०.२५ हेक्टर, महाभारत क्षेत्रमा २५० हेक्टर गरी कुल ९८०.२५ हेक्टर वन क्षेत्रफलमा ढडेलोले क्षति पु¥याएको छ । जिल्ला वन कार्यालय धुलिखेलका वन अधिकृत प्रेम खनालले डढेलोका कारण जैविक विविधतामा असर पुगेको उल्लेख गर्दै यसले माटोको उर्वरा शक्ति पनि नष्ट गर्ने बताए । ‘‘डढेलोले किराफट्याङ्ग्रा, कीटपतङ्ग, चराचुरुङ्गीको वासस्थान नष्ट भएको छ’’ –उनले भने । मह काढ्ने नाममा आगो लगाएर छाड्ने, तस्करले वन्यजन्तुलाई घेराबन्दी गर्न, वनस्पति छिटो उम्रने भन्ने गलत सोच र मानिसको लापर्बाहीका कारण वनमा डढेलो लागेको हुनसक्ने वन अधिकृत खनालको भनाइ छ । सामुदायिक वनबाहेक महाभारत शङ्खला क्षेत्रमा रहेको राष्ट्रिय वनमा पनि डढेलो लागेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण