भोजपुरमा १८ द्धन्द्धपिडितको उजुरी दर्ता
सोमबार, १३ वैशाख २०७३, १२ : ५२
भोजपुर–भोजपुरमा सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत द्धन्द्धपीडितले उजुरी गर्न सक्ने व्यवस्था गरे अनुसार स्थानिय शान्ति समितिमा उजुरी गर्नेको सङख्या १८ पुगेको छ ।
१० वर्षे जनयुद्धका क्रममा राज्यपक्ष र तत्कालिन विद्रोही नेकपा माओवादी मार्फत वेपत्ता पारिएका , मृतक , अपाङगता , विस्थापित , सम्पती क्षति , अपहरणमा परेकाहरुले सत्यतथ्य छानविनका लागि देशैभर उजुरी संकलन गर्ने काम भईरहेको छ । वैशाक २ गते देखि शुरु भएको उजुरी संकलनको काममा १ वेपत्ता र १७ मृतक , अपाङगता , विस्थापित , सम्पति क्षति ,अपहरण लगायतका मुद्धाहरु रहेको स्थानिय शान्ति समिति भोजपुरका सदस्य सचिव टेकवहादुर श्रेष्ठले वताए ।
जिल्लामा १८ को उजुरी परेपनि फर्म लानेको सङख्या भने धेरै रहेको कार्यलयले जनाएको छ । वैशाक २ गतेवाट वेपत्ता पारिएकाहरुको उजुरी लिईएको थियो भने सत्य निरुपण तथा मेलमिलाप आयोगले भने वैशाक ५ गते उजुरी लिएको थियो । जेष्ठ महिना भरि वेपत्ता परिवारहरुको उजुरी लिईने भएको छ भने मेलमिलाप आयोगले असार २ सम्म उजुरी लिने वतार्ईएको छ ।
भोजपुरमा यसअघि स्थानिय शान्ती समिति ले तयार गरेको आकडा अनुसार जनयुद्धका क्रममा ७ वेपत्ता , मृतक १३१ , अपाङगता ४१ साथै विस्थापित ८८ , अपहरण २२ , एकल महिला ( श्रीमाण गुमाएका ) २ रहेका छन् । सवैले आयोग मार्फत लिईएको यो समयावधीमा उजुरी दर्ता गराउनुपर्ने छ ।
उजुरी दर्ता भईसकेपछि आवस्यक छानविन गरि सत्यतथ्य पत्ता लगाई कारवाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण