हत्या आरोपमा पक्राउ परेका तीन व्यक्ति साधारण तारेखमा छुटे
सोमबार, १३ वैशाख २०७३, १३ : १७
दाङ–हत्या आरोपमा पक्राउ परेका ३ जना साधारण तारेखमा छुटेका छन् । पुनरावेदन अदालत तुलसीपुरका कायममुकायम न्यायाधिस उमार चुडाल, र न्यायधिस श्रीमनकुमार गौतमको इजलासले मुलुकी ऐन अवम ४७ बमोजीम हत्या आरोपमा थुनामा रहेका तुलसीपुर १४ राइखलीयान निबासी बासु चौधरी, सोही ठाउँ निबासी रामलाल चौधरी र तुलसीपुर १३ बनगाउँ निबासी खड्क विकपरियालाई तारेखमा छोड्न आदेश दिएपछि उनिहरु छुटेका हुन् ।
उनिहरु विरुद्ध फागुन ५ गते कर्तव्य ज्यानमुद्दा दर्ता भए पछि त्यसको भोलीपल्ट दाङ देउखुरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । न्यायधिस चुरामन खड्काको इजलासले मूलुकी ऐनको अदालती बन्दोवस्ती (अबमं) ११८को देहाय २ बमोजीम पुर्पक्षकालगि थुनामा राख्न आदेश दिएको थियो । थुनछेकमा चित्तनबुझे पुनरावेदन गर्न पाउने व्यवस्थाअनुसार पुनरावेदनमा निवेदनदिए पछि अदालतले यस्तो आदेश दिएको थियो ।
गएको पुष २९ गते रातीतुलसीपुर ११ बटवलपुर निबासी सृजन चौधरीको हत्या आरोपमा उनीहरु पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण