पूनर्निर्माणका कामलाई तीब्रताका साथ सम्पन्न गरौंः प्रचण्ड (भिडियोसहित)
सोमबार, १३ वैशाख २०७३, १३ : ३०
ललितपुर– एमाओवादी अध्यक्ष प्रचण्डले भूकम्पले ध्वस्त बनाएका भौतिक सम्पदाको पुनर्निर्माणका कार्यलाई तीब्रताका साथ सम्पन्न गर्नुपर्ने बताएका छन् । ललितपुरमा आयोजित महा–विनासकारी भूकम्पको एक वर्षको स्मरणमा पुनर्निर्माण सम्बन्धी कार्यहरुको शुभारम्भ गर्ने कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले भने, ‘हाम्रा ऐतिहासिक धरोहर जो मानव सभ्यताको विकासको अभिव्यक्तिहरु हुन्, राज्य र हामी बचेकाहरुको निम्ति चुनौति छन् कि भूकम्पको प्रतिरोधी धरोहर पूनर्निर्माण गर्न सक्छौं कि सक्दैनौं ।’ उनले पूनर्निर्माणको कार्य ढिलो भएको बताउँदै नेपाली जनताले निकै कठिनाई भोग्नु परेको उल्लेख गरे ।
जिम्मेवार राज्य र सचेत नागरिकले नै राष्ट्रिय एकतालाई मजबुत बनाउने र नयाँ निर्माणको कामलाई माथि उठाउने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण