आगो निभाउने क्रममा एक महिलाको मृत्यु
सोमबार, १३ वैशाख २०७३, १३ : ४९
अर्घाखाँची - अर्घाखाँचीको धातीबाङ गाविसमा घर नजिकै लागेको आगो निभाउने क्रममा आज बिहान एक महिलाको मृत्यु भएको छ ।
धातीबाङ–९, दहमा घर नजिकै लागेको आगो निभाउने क्रममा चिप्लिएर स्थानीय ३२ वर्षीय मखमली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए ।
आगलागीले महिलाको मृत्यु भएको र आगो नियन्त्रणमा नआएकाले आफूसहितको टोली घटनास्थलतर्फ जान लागेको जानकारी दिए ।
आइतबार साँझदेखि लागेको आगो अझैसम्म नियन्त्रणमा आएको छैन । आगलागीले दुई घर र पाँच गोठ जलेर नष्ट भएका छन् ।
स्थानीयवासी बालसिंह सारुको घर, गोठ, लत्ताकपडा, अन्नपात तथा घरमा राखिएको रु एक लाख ३० हजार नगदसमेत जलेर नष्ट भएको छ । तुलबहादुर सारुको घर गोठ जल्दा लत्ताकपडा, अन्नपात तथा घरमा राखिएको रु ७२ हजार नगदसमेत जलेर नष्ट भएको स्थानीयवासी कृष्णप्रसाद पौडेलले बताए ।
अन्य स्थानीयवासीका तीन गोठ जलेका छन् । वडा नं ७ र ९ को करिब २५० हेक्टर जङ्गलमा आगो लागिसकेको छ । आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी चौकी टोली लागिपरे पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण