जिल्ला प्रशासनमा पनि इजलास !
सोमबार, १३ वैशाख २०७३, १४ : १४
झापा - न्यायाधीश बस्ने आसन, बयानका लागि कठघरा र अधिवक्ताले पैरवी गर्ने घेराबेरा गरिएको ठाउँ १ सामान्यतः यस्तो दृश्य अदालतमा मात्र देख्न पाइन्छ ।
तर नेपालमा जिल्ला प्रशासन कार्यालयमा समेत यस्तै इजलास निर्माण गरिएको छ । जहाँ प्रमुख जिल्ला अधिकारीले न्यायाधीशको आसनमा बसेर मुद्दाको छिनोफानो गर्छन् ।
झापा जिल्ला प्रशासनको नयाँ भवनमा इजलासका लागि पूर्वाधारयुक्त कक्ष स्थापना गरिसकिएको छ । तर लामो समयदेखि त्यो इजलास कक्षको प्रयोग भने भइरहेको छैन ।
सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाका अनुसार हाल ७५ वटै जिल्ला प्रशासन कार्यालयमा प्रजिअले अर्धन्यायिक इजलास कक्ष स्थापना गरिएको छ ।
“अदालत र प्रशासनमा स्थापना गरिएको इजलास कक्ष उस्तै हुन्छ”, सहायक प्रजिअ सापकोटा भन्छन् – “अलिकति काम गराइ फरक पर्नु स्वाभाविकै हो ।” खोटाङ जिल्लामा प्रजिअ छँदा आफूले पनि इजलास प्रयोग गरेको सापकोटाले सुनाए ।
सार्वजनिक अपराध, हातहतियार, कालोबजारीलगायतका प्रजिअले हेर्ने भनी कानुनमा तोकिएका मुद्दाको छिनोफानो इजलासकै माध्यमबाट गर्न सकिने उन िबताउँछन् ।
उनका अनुसार प्रशासनको इजलास चल्दा वादी र प्रतिवादी रहने र उनीहरूले आफ्ना वकिल राखेर बहस पैरवी गर्न सक्ने व्यवस्था पनि हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण