शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले बाघको जुंगा थुत्न खोजेपछि .... (फोटोफिचर)

सोमबार, १३ वैशाख २०७३, १४ : ३२
सोमबार, १३ वैशाख २०७३

काठमाडौं-पर्यटन क्षेत्र हालसम्म पनि तहसनहस रहेको अवस्थामा नेपाल पर्यटन बोर्डको अग्रसरतामा पर्यटकलाई पुन पहिलेकै अवस्थामा ल्याउने उद्देश्यले ‘नेपाल ब्याक अन टप अफ द ओल्र्ड’ नामक अभियान सुरु भएको छ । पर्यटन बोर्ड अभियानको सुरुवात गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल घुम्न अहिले कुनै खतरा नरहेको भन्दै नेपाल आउन आग्रह गरे ।

“गतवर्षको भुइँचालोले नेपालका सबै क्षेत्रमा नै पूर्ण क्षति पारेको होइन, आंशिक क्षतिमात्र पारेको हो, विदेशमा यहाँ लगानी गर्न र घुम्न सुरक्षित छैन भनेर ठूलो हल्ला चल्यो, त्यस्तो होइन, म विदेशी मित्रलाई आग्रह गर्छु, हल्लाको पछाडि नलाग्नुहोस्, यहाँ लगानी र भ्रमण गर्न सुरक्षित छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा घुमफिर वर्ष २०७३ का अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौतमबुद्ध जन्मेको पवित्र भूमि, आरध्यदेव पशुपतिनाथ, विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राकृतिक सुन्दरताको अनुपम सुन्दर एवम् ऐतिहासिक मठमन्दिर, पाटन, भक्तपुर हनुमानढोका क्षेत्र घुुम्न विदेशी पर्यटकलाई आग्रह गरे ।

उनले भने, “भुइँचालोले हाम्रा एतिहासिक, पुरातात्विक स्थललाई आंशिकमात्र क्षति पु¥याएका हो, ती स्थलको घुमेर आनन्द लिन म सबैसित आग्रह गर्दछु ।”

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल घुम्न चीन, भारत, टर्की, थाइल्यान्ड, न्युजिल्यान्डलगायत देशबाट पर्यटकलाई दोसल्ला ओढाइ सम्मानसमेत गर्नुभएको थियो । नेपालको आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्न मन्त्रालयले यसवर्षलाई घुमफिर वर्षका रुपमा मनाउन सुरु गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देशलाई विश्वका कुनाकुनामा पु¥याउन यहाँ आउने पर्यटक, सरकार तथा निजी क्षेत्रबाट थप पहलको आवश्यकता रहेको चर्चा गरे । उनले नेपालमा विदेशी लगानीको उचित वातावरण रहेको स्पष्टसमेत पारे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको नक्सामा ‘वेलकम टु नेपाल’ समेत लेखेका थिए ।

सोहि अवसरमा फोटो पत्रकारहरुको संस्था पिजे क्लबले गरेको फोटो प्रदर्शनीमा समेत ओली सहभागि भए । त्यहाँ उनले विभिन्न तस्बीरहरुको चासो पूर्वक नियालेका थिए । भुकम्पका तस्बीरदेखि विभिन्न बन्यजन्तुका तस्बीर नियाल्ने क्रममा ठट्यौली गर्न रुचाउने उनले बाघको जुंगा उखेल्न खोज्दा प्रदर्शनीस्थलको माहौल हाँसोमय भएको थिए । भृकुटीमण्डको चौरमा गरिएको प्रदर्शनी आज दिनभर चल्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप