तारुकाको मुहार फेर्ने अभियान
सोमबार, १३ वैशाख २०७३, १४ : ५९
काठमाडौं– पर्यटन व्यवसायी एवं समाजसेवी मोहन लम्सालको संयोजनमा तारुका वडा नं ७ मा हस्तिकेशर विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । चार कोठे पक्की भवन सहित, सावर सिष्टमको शौचालय भवन निर्माणका लागि करिब ४० लाख रुपैयाँ लगानी गरिएको छ ।
विद्यालय भवनमा बेच्च, टेवुल, वोर्ड समेत सहयोग स्वरुप प्रदान गरिएको छ । उक्त भवन उद्घाटन गर्न लम्सालको नेतृत्वमा ब्रिटिश नागरिक टोनी आडेन, गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीसहितको टोली शनिवार तारुका पुगेका थिए । प्रमुख अतिथिको रुपमा निम्त्याईका लम्सालले तारुकामा विकास निर्माणको अभियान आफूले थालनी गरेको र दिनप्रतिदिन सफलता समेत हाँसिल भएको प्रतिखुसी व्यक्त गर्दै तारुकालाई नमुना बस्ती बनाउन सहयोग जारी राख्ने प्रतिवद्धता जनाए । उनले केही समयको अन्तरालपछि तारुकाबासीले खानेपानी र स्वास्थ्यको पनि सुविधा पाउने बताए । यस्तै लम्सालले वडा नं ५ मा रहेको नमुना जनजागृती विद्यालयलाई ४८ सेट बेन्च, टेवुल प्रदान गरे ।
त्यस्तै कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले तारुकाको विकासका लागि आफु दु्रतगतिमा लागि परिरहेको भन्दै यो विकासको अभियानमा साथ र सहयोगका लागि सम्पूर्ण स्थानीय राजनीतिक दलहरुलाई आग्रह गरे । उनले सामाजिक सेवाको रफ्तारमा राजनीतिक प्रभाव र दबावबाट काम गर्न असम्भव रहेको भन्दै विकास निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए ।
विशेष अतिथि टोनी आडेनले भूकम्पले तारुकाको भौतिक संरचनाहरुमा ठुलो क्षति पु¥याएको भन्दै यहाँका अन्य भौतिक संरचनाहरु निर्माणमा समेत सहयोग गर्ने बचन दिए ।
विद्यालयका प्रधानध्यापक विष्णु अधिकारीले विद्यालय निर्माणमा सहयोग गर्ने टोलीलाई धन्यवाद दिए । यसअघि लम्सालकै संयोजनमा वडा ४ मा विपि प्रावि, वडा नं ५ मा नमुनाजनजागृती विद्यालयको क्रमश ६ कोठे र ४ कोठे सुविधा सम्पन्न भवन निर्माण गरि स्थानीयलाई हस्तान्तरण गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण