बढ्दै खडेरी, सखाप हुँदै अन्नबाली
सोमबार, १३ वैशाख २०७३, १५ : ०६
डोल्पा –डोल्पामा खडेरी लम्बिएपछि खेतबारीमा लगाइएका अन्नबाली सखाप हुन थालेको छ ।
यार्सा सिजनको रुपमा परिचित सिजनमा पर्याप्त हिउँ तथा पानी पर्नुपर्नेमा आकाशमा बादलको एकटुक्रापनि देखिँदैन । धँुवाजस्तो तुँवालो मात्र देखिन्छ त्यसैले पानीपर्ने सम्भाबना नभएको स्थानियहरु बताउँछन् ।
डोल्पामा जतासुकै चिसोको अनुभुति हुने तथा गर्मी समयमा पनि बिहान बेलुकी बाक्लो कपडा लगाउनुपर्ने अवस्था रहेकोमा आजभोलि शितलताको महशुस गर्न दिउसोमा डोल्पालीहरुले छाँया परेको स्थान खोज्न थालेकाछन् । उच्च हिमाली जिल्लामा यसरी गर्मी बढेपछि स्थानीय चिन्तित बनेका छन् ।
लामो समयदेखि पानी नपरेपछि सिँचाइका मुहानको रुपमा रहेका खोलाहरुपनि सुक्न थालेका छन् । जसले गर्दा सिँचाईको सुबिधा भएका जमिनपनि सिंचित हुन सकेका छैनन् ।
खडेरीले खोलानाला सुक्न थालेपछि पानीबाट चल्ने पानीघट्टपनि बन्द भएकाछन् । छलगाड खोलाको पानीसुकेपछि त्रिपुराकोट लोँकामा बनाइएका घट्टहरु बन्द भएका छन् ।
खडेरीको प्रभाब सबैभन्दा भिरालो जमिनमा परेका यस्ता जमिनहरुमा लगाईएका अन्नवालीहरु सुकेर नष्टनै भईसकेका छन् ।
डोल्पामा पाँच प्रतिशत समथर भुमि भएता पनि पञ्चानब्बे प्रतिशत भिरालो जमिन छ जसले डोल्पाको खेती प्रणाली मौसममा आधारित छ ।
सिँचाईको सुबिधा नभएपनि आकाशेपानीले पर्याप्त पुग्ने बस्तिहरुमा पनि खडेरीको तिब्र प्रभाव परेको छ ।
खडेरीले समुन्द्रि सतहदेखि तिनहजार मिटरसम्म उचाईमापर्ने लेकाली हावापानीमा मात्र पाईने अन्नबालीपनि सुक्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण