६ थान पेस्तोल सहित सात पक्राउ
सिरहा–सिरहाको बरियारपट्टी गाविस १ का २४ बर्षिय श्रवण यादब पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । यादबलाई जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले पक्राउ गरेको हो । सुराकीको आधारमा यादबको घरमा खानतलासी गर्दा लोकल मेडको एक थान पेस्तोल र एक थान गोलली बरामद भएको प्रहरीले जनाएको छ । यादबलाई अहिले जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादबमाथि हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउने सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । सिरहा प्रहरीले पछिलो एक महिनाको अवधीमा बिभिन्न ठाउँबाट पाँच थान कटुवा पेस्तोल र एक थान अटोम्याटिक ९ एम एम को यू एस लेखिएको एक थान पेस्तोल र ११ राउण्ड गोलिसहित सात जनालई पक्राउ गरेको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । पक्राउ परेका सातजना मधे दुई जनालाई पूर्ब पक्षकालागि जिल्ला कारागार सिरहा पठाएको र पाँच जना माथि अनूशन्धान भईरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण